एकदिन पनि टिकेन नेप्सेको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एकदिन पनि टिकेन नेप्सेको वृद्धि



काठमाडौं । सेयर बजारको उकालोे यात्रा एकदिन भन्दा टिकेन् । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार साताको दोस्रो दिन सोमबार १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.२० अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८२ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको १९ करोड ८९ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

नेप्सेका सबै समूहको उपसूचक आज राताम्मे भएका छन् । बैंकिङ समूहको ९.१६, विकास बैंक ५०.९५, वित्त १७.३९, होटल ३२.०१, जलविद्युत ११.५१, जीवन बीमा १२४.१४, उत्पादन तथा प्रशोधन १२१.३०, माइक्रोफाइनान्स १८.६४, निर्जीबन बीमा ५७.०६, टेडिङ समूहको उपसूचक ३६.९४ अंकले घटेको छ ।

यस्तै, आज रिभरफल्स पावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, बरुण हाइड्रोपाव र कालिका लघुवित्त वित्तिय संस्थाको सेयरमा गिरावट आएको छ ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार १५:३८