सुनको मुल्य फेरि उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य फेरि उकालो लाग्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ। सोमबार सुनको मुल्य स्थिर थियो।

आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मुल्य स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलवार १३:१२