ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ५ अर्बको ऋणपत्र सूचीकृत भएको छ। ग्लोबल आइएमई बैंक र नेप्सेबीच आज ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’ नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो।

यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन्। नेप्सेमा यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ सूचीकृत भएका छन्। नेप्सेले यो ऋणपत्रलाई ‘जीबीआईएल८४/८५’ कारोबार संकेत प्रदान गरेको छ।

बैंकले केही समयअघि उक्त ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको थियो। बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको थियो।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलवार १४:०२