युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँडको मिती तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँडको मिती तय



काठमाडौं । युनिक नेपाल लघुवित्तले जेठ २५ गते बिहीबार एफपीओ बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरेको हो ।

एफपीओमा मागभन्दा ४२.९६ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १४ लाख ४ हजार ७ जनाले कुल १ करोड ६३ लाख ३ हजार २० कित्ताको लागि आवेदन दिएका छन् ।

जसमा ३७ हजार ९४२ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ६६ हजार ६५ जनाको भने हात खाली हुनेछ ।

लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म बाहल रहनेछ ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलवार १४:५१