नेपाल पुनर्बिमा कम्पनीको वित्तिय अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नेपाल पुनर्बिमा कम्पनीको वित्तिय अवस्था कस्तो ?



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड ४५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३३ करोड ६१ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै जीवन बिमा तर्फ गत पुस मसान्तमा ४ करोड ४७ लाख ५६ हजार रुपैयाँ नोक्सान रहेकामा चालु आवको सोही अवधिमा नोक्सान बढेर १७ करोड २० लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

पुस ममसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा ४ अर्ब १७ करोड ४० लाख ४२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

यता जीवन बिमा व्यवसायबाट १ अर्ब ८४ लाख ९६ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा ७८ करोड ४० लाख १८ रुपैयाँ रहेको थियो ।

११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ५ अर्ब ८९ करोड १० लाख ५ हजार रुपैयाँ र जीवन बिमातर्फ २८ करोड ७६ लाख ८७ हजार रुपैयाँ रहेको छ । निर्जीवन बिमा कोषमा २ अर्ब ५१ करोड ६४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी वार्षिक २ रुपैयाँ ५१ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलवार १५:०१