गलत गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छ : सचिव डा. रेग्मी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गलत गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छ : सचिव डा. रेग्मी



काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा समस्या आयो भन्दैमा सबैमा समस्या आयो भन्न नमिल्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको ‘सहकारीको विद्यमान समस्या, चुनौती र समाधानको उपाय’ विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘केही सहकारीमा समस्या आयो भन्दैमा सबैमा समस्या आयो भन्न मिल्दैन, गलत गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छ ।’उनले सहकारीको समस्याका बारेमा अरुमा आएको समस्या खोज्ने भन्दा पनि आफु आफु सुधारिन जरुरी रहेको बताए ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार १५:०८