पूर्वपरराष्ट्र मन्त्री डा.खड्का पोल्याण्डमा, उद्योग व्यापार संघका प्रतिनिधीमण्डलसँग भेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

पूर्वपरराष्ट्र मन्त्री डा.खड्का पोल्याण्डमा, उद्योग व्यापार संघका प्रतिनिधीमण्डलसँग भेट



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्र मन्त्री डा.नारायण खड्का साताव्यापी युरोप भ्रमणमा रहेका छन । भ्रमणका क्रममा पूर्वपरराष्ट्र मन्त्री तथा संघीय सांसद डा.नारायण खड्काले पोल्यान्डको राष्ट्रिय सभा सिनेटेका अध्यक्ष डा.तोमास ग्रोश्की तथा उधोग व्यापार संघका प्रतिनिधीमण्डलसंग भेटवार्ता गरेका छन ।

भेटका अवसरमा सन् १९५९ नोभेम्बरमा स्थापित दुई देशबीचको सम्वन्धलाई घनीभूत बनाएर लैजाने विषयमा छलफल भएको छ । साथै सोही सन्दर्भमा व्यापार, पर्यटन, विदेशी लगानी र विधार्थीहरुलाई पहिला दिंदै आएको छात्रबृत्ति पुनः शुरु गर्ने विषयमा छलफल भएको छ।

साथै सन् १९७५ नेपालमामा स्थापना भएको पोल्यान्डको दुतावार्स जुन केही वर्ष अघि बन्द भएकाले पुन शुरु गर्ने विषयमा कुराकानी हुँदा पूर्वमन्त्री खड्काले अनुरोध गरेका छन् । त्यस्तै डा.खड्काले पोल्यान्डको उधोग तथा व्यापार संघका प्रतिनिधी र पदाधिकारीसंगको भेटमा नेपाल र पोल्याण्डबीच व्यापार र लगानी बढाउनेबारे छलफल गरेका छन ।

जवाफमा उनीहरुले भारत र अन्य दक्षिण एसियाली मुलुकहरुसंग व्यापार र लगानी बढ्दै गएको सन्दर्भमा अब नेपालमा पनि आफुहरु यही वर्ष आउन सक्ने र नेपालका उधोगी र व्यापारीसँग छलफल गर्ने बताएका छन । उक्त भेटको अवशरमा पोल्यान्डको सिनेटको अन्तर्राष्ट्रिय सम्बन्धका निर्देशक तथा पोल्यान्डका लागि नेपालका वाणिज्यदुत डा.वोधराज सुवेदी र एनआरएन पोल्यान्डका महिला विभाग अध्यक्ष डा.एलिना सुवेदी पोख्रेलको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार १९:५७