प्रभु लाइफद्वारा प्राण घातक रोगविरुद्को दश लाख रकम दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रभु लाइफद्वारा प्राण घातक रोगविरुद्को दश लाख रकम दाबी भुक्तानी



काठमाडौं । प्रभु लाइफइन्स्योरेन्स लि.ले प्राण घातक रोग विरुद्वको १० लाख रकम बीमित मिना गौचनलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय बानेश्वरबाट दुई वर्ष अगाडि २० लाख बीमाङ्कको बीमा गरेकी बीमित मिना गौचनलाई करिब केही समय अगाडि ब्रेन ह्यामरेज रोगका पहिचान भएको थियो । बीमा पोलिसी खरिद गर्दा निज बीमित गौचनले प्राण घातक रोगहरुविरुद्घको १० लाख रकम बराबरको औषधोपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् ।

बीमतले घातक रोग विरुद्घको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेकोले सम्पूर्ण प्रक्रिया पुरा गरी बीमितको घरमै गएर उक्त दाबी रकम प्रभु लाइफले भुक्तानी गरेको हो । कम्पनीको शाखा कार्यालय बानेश्वरले बीमितको घरमै आयोजित औपचारिक कार्यक्रममा प्रभु लाइफका बागमती प्रदेश ए प्रमुख पदम राना, बानेश्वर शाखा प्रमुख नविन भेटवाल लागाएतको उपस्थीति रहेको थियो ।कार्यक्रममा बोल्दै बीमित गौचनले “प्रभु लाइफ इन्स्योरेन्स लि.ले बीमितलाई सहज र सरल तरिकाले दाबी भुक्तानी दिएकोमा आफ्नो ब्रेन ह्यामरेज रोगको उपचारका लागि १० लाख रकमले धेरै सहयोग गर्ने भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपमा आर्थिक जोखिम कम गर्नको लागि बीमा गर्नुपर्ने” बताए ।

त्यस्तै प्रभु लाइफका बागमति प्रदेश प्रमुख पदम रानाले “बीमा कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बीमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु प्रभु लाइफ इन्स्योरेन्सको उद्देश्य रहेको” बताए । शाखा प्रमुख नविन भेटवालले “जीवन बीमा आफू हुँदा आफूलाई र आफू नरहे परिवारका लागि रहेको बताए । आफ्नो औषधोपचारका लागि प्राण घातक रोग विरुद्वउपचार योजना उत्कृष्ठ सावित भएको बताए ।”

प्रकाशित : २५ जेष्ठ २०८०, बिहीबार १७:४२