नेपाल पुनर्बिमा कम्पनीको वार्षिक साधारण सभा असार १५ गते , बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेपाल पुनर्बिमा कम्पनीको वार्षिक साधारण सभा असार १५ गते , बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले असार १५ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । प्रस्तावित बोनस सेयर सरकार र बिमा प्राधिकरणबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।

कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गर्दैछ । असार ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार १२:३२