ग्रीस ऋण संकटः‘ऋणदाताहरुसँग तत्काल सहमति खोज्न मर्केलको आग्रह’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रीस ऋण संकटः‘ऋणदाताहरुसँग तत्काल सहमति खोज्न मर्केलको आग्रह’



काठमाडौं। जर्मन चान्सलर एञ्जेला मर्केलले खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको ग्रीसलाई उसका ऋणदाताहरुसँग तत्काल सहमति खोज्न आग्रह गरेकी छन् ।आगामी सोमबार हुने आपतकालीन बैठक अगावै ऋणदातासँग सहमति हुनैपर्ने अन्यथा सम्मेलन कुनै निर्णयमा पुग्न नसक्ने मर्केलको चेतावनी छ ।
merkel..
ग्रीसको आर्थिक संकटको हल खोज्ने उद्देश्यले युरोपेली संघका नेताहरुले भने सोमबार बैठक गर्दैछन् । खर्बौ खराब ऋणमा डुबेको ग्रीसको अर्थव्यवस्था टाट पल्टने अवस्थामा पुगेको छ ।

यता, टाट पल्टँदो अर्थव्यवस्था र दाताहरुले बढाउँदै लगेको दबाबकै क्रममा सर्वसाधारणले भने धमाधम बैंकहरुबाट पैसा निकाल्न थालेका छन् । एक हप्ताको बीचमा बैंकबाट अर्बौं युरो निकालिएको हो । यसैबीच, रुसले भने ग्रीसले मागेमा आफ्नो देश ऋण उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

बिहीबार युरोजोनका अर्थमन्त्रीहरुको बैठक बसेको भए पनि कुनै समाधान निस्किएको थिएन । आफ्ना ऋणदातासँग सम्झौतामा पुग्न ग्रीससँग अब जम्मा दुई साताको मात्र समय बाँकी रहेको छ । ऋणदाता मुलुकहरु भने ग्रीसले आर्थिक सुधारका क्षेत्रमा निकै कठोरतापूर्वक खर्च कटौती गर्नुपर्ने भन्दै दबाब दिइरहेका छन् । (एजेन्सी)

प्रकाशित : ५ असार २०७२, शनिबार १०:५८