यी पाँच कारणले टाटाको भरोसा जिते चंद्रशेखरनले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी पाँच कारणले टाटाको भरोसा जिते चंद्रशेखरनले



सायरस मिस्त्रीको विदाइ पछी टाटा संसको बोर्डमा आए पछी  एन चंद्रशेखरन अध्यक्ष  बन्ने अनुमान लगाइएको थियो  । एन चंद्रशेखरनले रतन टाटाको भरोसा त्यतीकै  जितेका छैन्न। यसको पछाडी यि पाँच कारण छन जस्का कारण उनि टाटा संस को अध्यक्ष पदका लागि चुनिएका हुन ।

(१) टीसीएसको राम्रो प्रदर्शन

टीसीएसको राम्रो प्रदर्शनले उनको चयनको मुख्य कारण हो । चंद्रशेखरनको नेतृत्वमा टीसीएसको आय अरु फाइदा भन्दा ३ गुनाले बढेको  थियो । यस बाहेक रतन टाटासंग नजिको र उनीसंग नेतृत्व गर्ने क्षमताले उनको रोजाइमा पर्ने  धेरै थियो । टीसीएसमा उनको ठाँउमा राजेश गोपीनाथनलाई नयाँँ सीईओ बनाइएको छ ।

(२) ३० बर्ष लामो करियर उपलब्धि

नयाँ अध्यक्ष नियुक्तिको बारेमा जानकारी दिदै टाटा संसले चंद्रशेखरनले राम्रो नेतृत्व  गर्ने क्षमता भएको जनाएको छ । उनी प्रेरणाको स्रोत बन्ने कम्पनीले आशा गरेको छ । चंद्रशेखरन , टाटा ग्रुपको विश्वाशिल मान्छे हुन उनको  ३० साल लामो  करियरको उपलब्धिले भरिपुण छ त्यसैले अध्यक्षको खोजिमा उनको नाम आयो ।

(३) उपभोक्ताको विश्वास
नटराजन  चंद््रशेखरन टीसीएसको  उपभोक्ता केन्द्रित संस्कृति र उपभोक्तासंग लमो पार्टनरशिपको पे्रतिनिधित्व गर्छन । उनको नेतृत्वमा टीसीएसले लामो समय डिजिटल इकोनोमीमा आफ्नो मजबुत  पकड बनाइराख्यो । क्लायंटको बढ्दोे आकार र नयाँ नयाँ आवश्यक्ता संग तालमेत बनाउन को लागि यो काम धेरै चुनौतीपूर्ण रहेको मान्न सकिन्छ ।

(४) टाटा संसको बोर्डमा ठाँउ बनाए

चंद्रशेखरनले एनआईटी त्रिचीमा एमसीए गरेका हुन। १९९७ मा उनी टीसीएसमाका सदस्य हुन । लामो समय सम्म कम्पनी को सीओओ र एक्जिक्यूटिव डायरेक्टर रहेका उनी सन २००९ मा उनलाई सीईओ बनाइयो । गत वर्ष अक्टूबरमा टाटा संस को नाटकीय घटाना पछि  एन  चंद्रशेखरन लाई टाटा संस कोडमा एडिशनल डायरेक्टरको रुपमा ठाँउ दिएर टाटा संसले भविष्य को संकेत दिएको थियो।

(५) बिजनेस जगतमा राम्रो छवि

एन चंद्रशेखरनले टाटा संसको चेयरमैन बने लगतै बिजनेस जगतमा उनकालागि बधाइ दिने सिलसिला शुरु भयो । यस हिसाबले हेर्दा उनले बनाएकाे बिजनेसकाे छवि राम्रो रहेको अाकलन गर्न सकिन्छ । भारतिय सञ्चार माध्यमको सहयोगमा

प्रकाशित : २८ माघ २०७३, शुक्रबार १०:४८