राहतमा अनियमितता र कालोबजारी गर्नेलाई कट्घरामा उभ्याऊ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

राहतमा अनियमितता र कालोबजारी गर्नेलाई कट्घरामा उभ्याऊ



काठमाडौं । संसदको अर्थ समितिले भूकम्पपछिको विपद् व्यवस्थापन र राहत वितरण एवं पुनः स्थापनालगायतको काम गर्दा अनियमितता गर्ने सरकारी कर्मचारी र कालोबजारी गर्ने ब्यापारीलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको अर्थ समितिको बैठकले काममा ढिला सुस्ती गरी बदनियत राख्ने कर्मचारी, कालोबजारी गर्ने ब्यापारीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो ।

विभिन्न जिल्लामा भूकम्पबाट पीडितले समयमा राहत नपाएको गुनासो बढ्दै गएपछि समितिले कारबाहीको लागि यस्तो निर्देशन दिएको हो । भूकम्प पीडित जनताका लागि राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन एकद्वार प्रणाली कार्यान्वय गर्न समेत समितिले भनेको छ ।

समितिले भूकम्प पीडितका लागि जुटेको मानविय सहायता रकम तथा सहयोग सामग्रीको विवरण सरकारसँग माग्ने निर्णय गरेको छ ।

प्रकाशित : ३० बैशाख २०७२, बुधबार १०:५५