रुकुममा ५.४ रेक्टर स्केलको भूकम्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रुकुममा ५.४ रेक्टर स्केलको भूकम्प



काठमाडौ ।

रुकुममा केन्द्रबिन्दु भएर शनिबार बेलुकी ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । ६ बजेर ८ मिनेट जाँदा ५ दशमलव ४ रेक्टरको भूकम्प गएको र यो नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका प्रमुख लोकविजय अधिकारीले रुकुममा गएको भूकम्पको वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पसँग कुनै सम्बन्ध नभएको बतायउनुभो । यो भूकम्पबाट भएको क्षतिको कुनै विवरण अहिलेसम्म आएको छैन । 

प्रकाशित : ५ असार २०७२, शनिबार १३:०३