कैलाश विकास बैंकको हकप्रद अाउदै , विक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कैलाश विकास बैंकको हकप्रद अाउदै , विक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल



काठमाडौं १ फागुन  । कैलाश विकास बैंकले ५ बरावर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले फागुन ६ देखि एक सय रुपैयाँ मूल्यको ३१ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर ग्लोबल आईएमई क्यापिटलबाट आवेदन फारम बुझाउन सकिनेछ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउनेछन् । कम्पनीका अनुसार यो हकप्रद चैत्र १० गते सम्म भर्न पाइनेछ ।

बैंकले ग्लोबल आईएमई क्यापिटलका साथै आफ्नो शाखा कार्यलयबाट पनि आवेदन बुझाउन सकिने बताएको छ ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार १०:५५