कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले  कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न  स्वीकृति दिएको छ । बोर्डले बैंकलाई एक सय रुपैयाँ अंकित मुल्यको दरले अहिले कायम भएको चुक्ता पुँजीमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।
बैंकले १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ कित्ता हकप्रद सेयर जारी गर्ने छ । हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।कुमारीले चारवटा वित्तीय संस्थालाई मर्जर गर्ने काम अगाडि बढाएको छ ।

२१ प्रतिशत बोनस दिन लागेको बैंकको बोनस बितरणपछि चुक्ता पुँजी ३ अर्ब २६ करोड पुग्ने छ । हकप्रद निस्कासनपछि चुक्ता पुँजी ४ अर्ब ६१ करोड पुग्ने छ ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार १३:१६