एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो



काठमाडौं  २ फागुन । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ ।

विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिाना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अाजको कारोबार दैनिकमा समाचार छ ।

अनुगमनको क्रममा यात्रुहरुको आवागमन हुने ठाउँबाटै वैकल्पिक बाटो भेटिएपछि निगरानी बढाईएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन आन्तरिक टर्मिनल भवनहुदै सहजै बाहिर आउने गरेको अर्थ मन्त्रालयको निकायले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तस्करीको गोप्य बाटो भेटिएपछि मन्त्रालयले सुधारका लागि छलफल सुरु गरेको छ ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ०३:१०