बिल गेट्सका १२ बटा रहस्य केके हुन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिल गेट्सका १२ बटा रहस्य केके हुन् ?



billविश्वकै धनी विल गेट्स आफैंमा एउटा देश हुन्थे भने उनी विश्वका ६३ औं धनी हुन्थे । उनको हालको सम्पत्ति ६२ अर्ब अमेरिकी डलर छ ,तर उनका सन्तान एकजनाले केवल एक करोड अमेरिकी डलर मात्र पैत्रिक सम्पत्तिका रुपमा पाउनेछन् ।

बिल गेट्सले ३० वर्षकै उमेरमा करोडपति बन्ने सपना देखेका थिए,तर उनलाई करोड पति बन्न ३१ वर्ष लागेको थियो । अब्राहम लिंकन,बाल्ट डिस्नी,थोमस एल्बा एडिसन,मार्क जुकरवर्ग,हेनरी फोर्डजस्तै गेट्ससँग पनि कलेजको डिग्री छैन । गेट्स सन् १९७७ मा लाइसेन्सबिनै गाडी चलाएको र रातो बत्तीमा पनि सडक पार गरेकोमा गिरफ्तारीमा परेका थिए ।

सन् २००४ मा गेट्सले स्पाममेलसँग सम्बन्धित सबै समस्या समाधान हुन्छ भन्ने भविष्यवाणी गरेका थिए,तर ती हालसम्म भएका छैनन् । गेट्सले अहिलेसम्म २८ अर्ब दान गरिसकेका छन् । उनी धेरैजसो स्वास्थ्य क्षेत्रमा दान गर्छन् । आफ्नो सम्पत्ति ३६ अर्ब भइसक्दासम्म पनि सन् १९९७ सम्म उनी जहाजको इकोनोमिक क्लासमै यात्रा गर्थे ।
कलेजमा भर्ना हुन आवश्यक पर्ने स्याटको १६०० पूर्णांकमा उनले गेट्सले १५९० ल्याएका थिए । उनले एक वर्षमा आफ्नो घरको सम्पत्ति करमात्रै एक लाख डलरभन्दा बढी बुझाउँछन् ।हरेक दिन १० लाख डलर खर्च गर्ने हो भने बिल गेट्सको सबै सम्पत्ति सकित २१८ वर्ष लाग्छ ।

प्रकाशित : ६ असार २०७२, आईतवार ०५:५७