यस्तो छ राष्ट्रिय वाणिज्य बैंकको प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्तो छ राष्ट्रिय वाणिज्य बैंकको प्रगति



काठमाडौं, ३ फागुन  । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब २१ करोड ७७ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा १३ दशमलव ५९ प्रतिशतले बढी हो । बैंकको अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ अर्ब ७ करोड १९ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा १ अर्ब २३ करोड ४९ लाख रुपैयाँ राखेको छ । बैकले निक्षेपमा ७ दशमलव ६८ प्रतिशतले वृद्धि गरी १ खर्ब ३८ अर्ब २९ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ९३ अर्ब ९० करोड ६० लाख रुपैयाँ लगानी गरेको छ जुन गत वर्षको तुलनाभन्दा २१ दशमलव ६४ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद व्याज आम्दानीमा २६ दशमलव ७६ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३० दशलमव १३ प्रतिशत बढेर १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संभावित जोखिम वापत ५९ करोड १३ लाख रुपैयाँ राखेको छ भने संभावित जोखिम वापत फिर्ता ४३ करोड ५८ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव ६५ प्रतिशतले घटेर २ दशमलव ७५ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) शुन्य दशमलव ४३ प्रतिशतले बढेर १० दशमलव ९९ प्रतिशत रहेको छ ।

प्रकाशित : ३ फाल्गुन २०७३, मंगलवार ०५:३८