रोकियो स्ट्यान्डर्ड चाटर्डको एफपिअो , यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रोकियो स्ट्यान्डर्ड चाटर्डको एफपिअो , यस्तो छ कारण



काठमाडौं ३ फागुन । स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालले तत्काल एफपिओ निष्काशन गर्न नपाउने भएको छ। नेपाल धितोपत्र वोर्डले हिजो मात्र बैंकलाई एफपिओ जारि गर्न अनुमति दिएको थियो।तत्काल स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ नआउने भएको छ ।

सोमबार बैंक, सेवोन र विक्री प्रवन्धकहरुबीच भएको छलफलमा एफपिओ निष्काशनको केही ढिलो हुने भएको हो । बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बजारमा तरलता सङ्कट बढ्दै गए पछि यसको व्यवस्थापनको लागि तत्काल एफपिअो निश्काषनमा राेक लगाएको हो ।

एफपिओ निष्काशनको लागि बैंकले सोमबार मात्रै लागि नियामक निकाय धितोपत्र बोर्डले स्वीकृत पाएको थियो । बैंकले एफपिओ निष्काशनको लागि कम्पनी रजिष्टर कार्यालय र राष्ट्र बैंकबाट स्वीकृत लिन केहि समय लाग्ने देखिएको छ ।

बैंकले १०० रुपैंया अंकित मूल्यमा ११ सय ९० रुपैंया प्रिमियम थप गरी १२ सय ९० रुपैंया प्रतिकित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।

प्रकाशित : ३ फाल्गुन २०७३, मंगलवार १०:२५