ज्योति बैंकमा निष्क्रिय कर्जा उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति बैंकमा निष्क्रिय कर्जा उच्च



काठमाडौं । ज्योति विकसा बैंकमा निष्क्रिय कर्जाको अनुपात उच्च देखिएको छ । चालू आबको तेश्रो त्रैमासिक अवधिमा बैंकको कुल निष्क्रिय कर्जा ४.३० प्रतिशत पुगेको छ । गत आबको सोही अवधिमा बैंको यस्तो कर्जा ३ दशमलव ६७ प्रतिशत रहेको थियो । पछिल्लो समय बैंकको खराब कर्जा बढेपश्चात् निष्क्रिय कर्जाको अनुपात पनि बढेको हो ।

चुक्ता पुंजी ७९ करोड १८ लाख रुपैंयां रहेको बैंकले चालू आर्थिक बर्षको तेश्रो त्रैमासिक अवधिमा ५ अर्ब ३२ करोड ८७ लाख ३७ हजार रुपैंयां निक्षेप संकलन गरी ४ अर्ब ७७ करोड ६७ लाख १७ हजार रुपैंयां कर्जा प्रवाह गरेको छ । रियलस्टेट क्षेत्रमा २५ करोड ११ लाख १४ हजार रुपैंयां कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा २१ करोड १० लाख नौ हजार रुपैंया खुद ब्याज आम्दानी प्राप्त गरेको छ ।

प्रकाशित : ६ असार २०७२, आईतवार ०२:३९