एशियन लाईफले  हकप्रद र बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एशियन लाईफले  हकप्रद र बोनस शेयर दिने



काठमाडौं, ४ फागुन  । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई आकर्षक हकप्रद र बोनस शेयर दिने भएको छ ।

कम्पनीले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त बोनस शेयरपछि ५० प्रतिशत अर्थात् २ बराबर १ को अनुपातमा हकप्रद शेयरपनि दिने भएको छ ।

कम्पनीको हिजो बसेको १०८ औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको नेप्सेले जनाएको छ । उक्त बोनस र हकप्रद शेयर बीमा समिति र कम्पनीको आउँदो वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै निष्काशन हुनेछ ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ०७:१०