महाशिवरात्रीको मज्जा लिने हो ? बोर्डरल्याण्डले गर्दैछ भव्य कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महाशिवरात्रीको मज्जा लिने हो ? बोर्डरल्याण्डले गर्दैछ भव्य कार्यक्रम



काठमाडौ ४ फागुन । यहि  आउदो शिवरात्रीलाई मध्यनजर गर्दै बोर्डरल्याण्ड रिसोर्टले यहि फागुन १३ र १४ गते महाशिवरात्री विशेष कार्यक्रम गर्ने भएको छ ।  दुइदिने कार्यक्रम अन्र्तगत देश विदेशका विभिन्न जीवनशैली र संस्कृति भएका मानिसहरु बिचमा नेपाली संस्कृति झल्काउने उपयूक्त माध्यमको रुपमा यस कार्यक्रमलाई लिइएको छ । बोर्डरल्याण्ड रिसोर्टले कार्यक्रम भोटेकोशीमा  आयोजना गर्न लागेको हो  ।

बोर्डल्याण्डमा महाशिवरात्री पार्टी टुर नाम दिइएको कार्यक्रम अन्र्तगत काठमाडौबाट भोटेकोशीसम्मको यात्रा रहनेछ भने सोही दिन मध्यरात भोटेकोशी बोर्डरल्याण्डमा शिवपार्वतीको भव्य पुजा हुनेछ । भोलीपल्ट (१४ गते) उपस्थितहरुले  र्याफ्टिङ ,कयानोइङमा जस्ता खेलमा रमाउन सक्ने आयोजकले जनाएको छ । यात्रा १३ गते दिनको १२ बजे सोह्रखुट्टेबाट शुरु हुनेछ ।

यस कार्यक्रम अन्र्तगत २ सय भन्दा बढी विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहनेछ ।  रिसोर्टका सोसल मिडिया स्ट्राटेजिस्ट गौरव देवकोटाका अनुसार यो नेपालमै गर्न लागेको पहिलो फरक खालको कार्यक्रम हो जसले नेपालको कलासंस्कृतिलाई  संरक्षण गर्दै पर्यटन प्रबद्र्धनमा समेत महत्वपुर्ण भुमिका खेल्नेछ ।

कार्यक्रममा सहभागि हुन इच्छुक जोकोहीले ठमेलमा रहेको बोर्डरल्याण्डको कार्यालयबाट टिकट बुकिङ गर्न सक्ने आयोजकले जनाएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ०९:१८