किन घटायो एनसिसिले मुनाफा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किन घटायो एनसिसिले मुनाफा ?



काठमाडौं, ५ फागुन  । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले गत वर्ष ईन्टरनेशनल, एपेक्स, आईडी र सुप्रिम डेभलपमेन्ट गरी चार वटा विकास बैंकलाई आफुमा गाभेपछि पनि मुनाफा घटाएको छ । चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा ६८ दशमलव ५६ प्रतिशतले घटेर ७ करोड ७६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा २४ करोड ६८ लाख रुपैयाँ कमाएको थियो ।

४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले २ अर्ब ३० करोड ३९ लाख रुपैया जगेडा कोषमा राखेको छ । बैंकले निक्षेपमा १ सय ८ दशमलव २५ प्रतिशतले वृद्धि गरी ५५ अर्ब ४६ करोड ८० लाख रुपैयाँ संकलन गरी कर्जामा ४८ अर्ब ४२ करोड २६ लाख रुपैयाँ प्रवाह गरेको छ, जुन गत वर्षको तुलनाभन्दा १ सय २२ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो । त्यस्तै खुद ब्याज आम्दानीमा १ सय ४ दशमलव १५ प्रतिशतले बढेर १ अर्ब ३ करोड ११ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६७ दशमलव ५२ प्रतिशतले घटेर ७ करोड ६७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ६५ करोड ३७ लाख रुपैयाँ राखेको छ भने ४ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी वार्षिक १६ दशमलव १४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ४९ दशमलव २४ रुपैयाँ, तरलता अनुपात २७ दशमलव ३३ प्रतिशत र मूल्य आम्दानी अनुपात २२ दशमलव ४९ गुणा रहेको छ ।

बैंकको निस्क्रिय कर्जामा शुन्य दशमलव ५४ प्रतिशतले बढेर १ दशमलव ८४ प्रतिशतले रहेको छ भने जोखिम युक्त सम्पतिमा शुन्य दशमलव ३ प्रतिशतले बढेर १२ दशमलव ०५ प्रतिशत रहेको छ ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहीबार ०५:२४