यि हुन समयमै बार्षिक प्रतिवेद नबुझाउने शेयर ब्रोकरहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यि हुन समयमै बार्षिक प्रतिवेद नबुझाउने शेयर ब्रोकरहरु



काठमाडौं। चालू आर्थिक बर्षको चौथो त्रैमास सकिन लाग्दा पनि केही ब्रोकरहरुले तेश्रो त्रैमासको आर्थिक प्रतिवेदन बुझाउने अन्तिम मिति तोके पनि अधिकांश ब्रोकरहरुले समयमा प्रतिवेदन बुझाएका छैनन् ।

हाल बजारमा रहेको ५० ब्रोकर कम्पनीमध्ये १८ ले मात्र तोकिएको समयमा प्रतिवेदन बुझाएका छन् । २६ ब्रोकर कम्पनीले ढिलो प्रतिवेदन बुझाए भने ६ ब्रोकर कम्पनीहरुले अहिलेसम्म प्रतिवेदन बुझाएका छैनन् । हरेक बर्ष ब्रोकर कम्पनीहरुले धितोपत्र बोर्डमा आर्थिक प्रतिवेदन बुझाउन ढिलाई गर्ने गरेका छन् । धितोपत्र व्यवसायी विनियमावलीले आर्थिक प्रतिवेदन प्रस्तुत नगर्ने ब्रोकर कम्पनीलाई कस्तो कारबाही हुने भन्ने उल्लेख छैन ।

बैशाख ३१ गते बोर्डमा प्रतिवेदन पेश गरिसक्नुपर्ने भए पनि ब्रोकरहरुमध्ये आशुतोष ब्रोकरेज, भृकुटी स्टक ब्रोकिङ, मार्केट सेक्युरिटिज एक्सचेञ्ज, ओपल सेक्युरिटिज, स्वेता सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजले प्रतिवेदन बुझाएका छैनन् । आजको अभियानबाट ।

प्रकाशित : ६ असार २०७२, आईतवार ०३:३४