राष्ट्रिय वाणिज्य बैंकले ५० वटा एटिएम मेशिन थप्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय वाणिज्य बैंकले ५० वटा एटिएम मेशिन थप्ने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५० वटा एटिएम मेशिन थप्ने भएको छ । बैंकले आगामी असोज सम्म ५० वटा एटिएम संचालनमा ल्याउने गरी काम थालेको हो ।

एटिएम थप्न बोलपत्र मागिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले जानकारी दिए । उनले भने ‘आगामी आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म थप ५० एटिएम थप्ने योजना छ ।’

यो बैंक अन्य वाणिज्य बैंकहरु भन्दा पछि एटिएम सेवा सुरु गर्नेमा पर्छ । पछिल्लो समय बैंकले सूचना प्रविधिमा बढी ध्यान केन्द्रित गरेको जनाइएको छ ।

५० वटा एटिएम मेशिन थपेपछि देशभर बैंकको एक सय ३० वटा एटिएम हुनेछन् ।

बैंकका हालसम्म एक सय ५९ वटा शाखा सञ्चालनमा छन् ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०१:२९