सामसुङ ग्रुपका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामसुङ ग्रुपका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ



इलेक्ट्रोनिक ‘जायन्ट’ को उपनामले चिनिने सामसुङ ग्रुपका उपाध्यक्ष जो अहिले अध्यक्षको जिम्मेवारी समेत सम्म्हालिरहेका लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।

दक्षिण कोरियाको उच्च अदालतबाट उनी बिरुद्ध दुई पटक सुनुवाई भएपछि पक्राउ गरिएको हो ।लिको फर्मले राष्ट्रपति पार्क ग्यून हेको निकटका ब्यक्तिको गैरनाफामुखी संस्थाहरुमा चन्दा दिएर राजनीतिक लाभ लिएको आरोप लागेको छ । ४८ वर्षका लिमाथि ३ करोड ६० लाख डलर चन्दा दिएको आरोप लागेको छ ।

केही हप्ता अघि देखि भैइरहेको अनुसन्धानका क्रममा फेरि बयान लिनका लागि केही नयाँ अवस्थाहरु देखा परेको भन्दै उनलार्इ बयानका लागि गत हप्तामात्रै दोस्रोपटक अदालतमा पेश गर्न भनिएको थियो ।

उपाध्यक्ष पदमा रहेपनि सामसुङका प्रमुखका रुपमा कार्यरत लिलार्इ यसअघि जनवरीमा पनि अरु कम्पनीका केहि प्रमुखहरुसँग सोधपुछका लागि अदालत लगिएको थियो । यसअघिको सुनुवाइमा अदालते पक्राउको लागि पर्याप्त आधार नभएको भनेको थियो ।

लि ले भनेका छन् – “मैले केहि गलत काम गरेको छैन। शुक्रवार अदालतले लिको पक्राउ आवश्यक भएको भन्दै पक्राउको आदेश दिएको हो।”

लिलार्इ पक्राउ गरी २० दिनसम्म अनुसन्धानका लागि थुनामा राख्न अदालतले आदेश समेत दिएको छ ।

उनले आफ्ना पिता लि कुन हिको उत्तराधिकारीको रुपमा सन् २०१४ देखि सामसुङकव प्रमुखको हैसियतमा काम गर्दै आएका थिए । उनका पिता हिलार्इ हार्ट एट्याक् भएपछि उनले कम्पनीको जिम्मा लिदै आएका थिए ।

लिको पक्राउले सामसुङको उत्पादनमा तत्काल कुनै असर हुने नदेखिएपनि दिर्घकालीन परियोजनाहरुलार्इ भने यसले असर पर्न सक्ने अड्कल गरिएको छ  ।बिबिसीको सहयोगमा

प्रकाशित : ६ फाल्गुन २०७३, शुक्रबार ०८:४५