एभरेष्ट बैंकलाई आस्बा अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकलाई आस्बा अनुमति



काठमाडौं, ६  फागुन । नेपाल धितोपत्र बोर्डले एभरेष्ट बैंकलाई आस्बा सदस्यता प्रदान गरेको छ । बोर्डले धितोपत्र खरिदसम्बन्धी निर्देशिका २०७३ बमोजिम बैंकलाई आस्बा सदस्यता प्रदान गरेको हो ।

यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ ।

बैंकले आस्बा सदस्यताअनुसार आफ्ना ग्राहकहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सेवा प्रदान गर्ने छ । उक्त सेवा उपलब्ध गराएबापट बैंकले प्रति दरखास्त एक सय रुपैयाँ शुल्क लिनेछ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७३, शुक्रबार १२:४८