जान्नुहोस् कहाँ बन्छ आइफोन, कति आउछ लागत ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

जान्नुहोस् कहाँ बन्छ आइफोन, कति आउछ लागत ?



एजेन्सी । आइटिका प्रेमीलाई बढी नै चर्चा र चासो हुने गर्छकी यो उत्पादन कहाँ बन्छ ? कि चाइनामा नै बन्छ या क्यालिफोनियामा नै बनाईन्छ ?  कति लाग्छ लागत ? यसको निर्माणको बारेमा केही तथ्यहरु यहाँ प्रस्तुत छन् ।  

 

वर्तमान अमेरिकी राष्टपति डोनाल ट्रम्पले एप्पलको सिइओ टिम कुकसंग मिलेर एप्पललाई युएसमा नै बनाउन आग्रह गरेका थिए ।  उनले यसलाई कर्पोरेट ट्याक्समा भारि छुट नै दिने बताएका थिए ।  यो भन्दा अगाडी बाराक ओबामाले पनि एप्पलका उत्पादन युसमा नै बनाउन सिधा सम्पर्क गरेका थिए ।

 


तर,प्रश्न उठ्छ की फोनका बाँकी उत्पादन पुरै कहाँ बन्छ ।  तर जबाफ हुन सक्छ जहाँ पनि । एप्पलको फोन बनाउन धेरै देशका कम्पनीहरु लागेका हुन्छन् । एप्पलको राम्रो पक्ष के छ भने उसले आफ्ना उत्पादनको पार्टस अलग अलग  देशमा बनाउछ । सबै भन्दा बढी स्क्रीन डिस्प्ले जापानमा बनाउछ ।  केही डिस्प्ले कोरियामा एलजीद्धारा नै बनाउछ ।  टच आइडी सेन्सर ताइवानको टिएएमसि कम्पनीले बनाउछ ।  यस्तै अलग अलग पार्टस बनाउने कम्पनीको नाम लामै छ ।

तपाईले यो थहाँ पाएर हैरान हुनु हुन्छ की एप्पलको दुनिया भर २०० भन्दा ज्यादा सप्लायर्स छ ।  एप्पलका उतपादनमा मेडइन चाईना  लेखेको हुन्छ ।  यसको एउटा मात्रै कारण छ । एप्पलको डिवाइस अधिकरुपमा असेबलिंग चाइनामा मात्रै हुन्छ ।  त्यस पछि पुरा हुनका लागि दोस्रो देशमा पठाइन्छ ।


रिसर्च फर्म आएचएसले बताए अनुसार  आइफोन ६ प्लसको लागत १३६ डलर हुन आउछ यही १६ जीबी मोडलको एप्पल ७४९ डलर अर्थात ३ गुणा बढी बेच्छ ।

 

२०१६मा रिसर्च फर्म आएएचयसले एप्पल आइफोन एसइको लागतको खुलासा गरेको थियो । रिपोटमा भनिए अनुसार  एसइ मोडलको कुल लागतमा  १६० डलर हुन आउछ ।  यसले कम्पनीको ३८० डलर बच्न आउछ ।


एउटा रोचक कुरा के छ भने  एप्पलको  फोन स्टोरेज १६ जीबीबाट बढाएर ६४ जीबी बनाउनमा मात्रै १७ डलर खर्च हुन आउछ ।  यही हिसाबले ६४ जीबी वाला फोन किन्न ग्राहकले १०० डलर भन्दा बढी खर्च गर्नु पर्ने हुन्छ ।

प्रकाशित : ८ फाल्गुन २०७३, आईतवार १२:२३