प्रधानमन्त्रीकै नेतृत्वमा प्राधिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानमन्त्रीकै नेतृत्वमा प्राधिकरण



काठमाडौ । सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने नर्णय गरेको थियो ।

अध्यादेशमार्फत पुनर्निर्माणका लागि प्राधिकरण गठन गर्ने विषयमा दलहरुबीच सहमति बनेपछि सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको हो ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०२:०८