ओरियण्टल पीडितहरुले घेरे सहकारी संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरियण्टल पीडितहरुले घेरे सहकारी संघ



काठमाडौ । ओरियण्टल सहकारीका पीडितहरुले राष्ट्रिय सहकारी संघको कार्यालय घेराउ गरेका छन् ।

ओरियण्टल बचत तथा ऋण सहकारीबाट पीडित सदस्यहरुले सञ्चालक सुधिर बस्नेतलाई कारबाही हुनुपर्ने माग राख्दै पुल्चोकस्थित राष्ट्रिय सहकारी संघको कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरुले हालै अध्याधेशमार्फत दोस्रो पटक संशोधित सहकारी ऐन २ हजार ४८ अनुसार सहकारी ठगी गर्ने बस्नेतलाई कारबाही हुनुपर्ने माग पनि गरेका छन् ।

संशोधित सहकारी ऐनमा ठगी गर्नेलाई ठगी गरेको रकम बराबरको बिगो बराबरको जरीवाना तथा सात वर्षसम्मको कैदको व्यवस्था छ । बस्नेतले सहकारीमार्फत ७ हजार सदस्यको रकम ठगी गरेको आरोप लागेको छ ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०१:२४