केटी पेरीको वार्षिक आम्दानी ४ अर्ब रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

केटी पेरीको वार्षिक आम्दानी ४ अर्ब रुपैयाँ



काठमाडौं । विश्वमै कलाकारलाई सेलिबे्रटीका रुपमा लिइन्छ । विशेष गरी चलचित्र, संगीत र नाट्य क्षेत्रका कलाकार सेलिबे्रटीको रुपमा चर्चित हुने गरेका छन् । यी विधा भित्र पनि पर्दामा देखिने चलचित्र अभिनेता, चरित्र अभिनेता र गायक गायिका विशेषत आफ्नो लोकप्रियता अनुसार चर्चामा रहने गर्छन् ।


आम समुदायले चिन्ने भएपछि उनीहरुले जीवनस्तर पनि त्यही किसिमको जीउने गरेका छन् । सानदार कार, रहर लाग्दो घर, बजारमा आएका पछिल्ला महंगा ब्राण्डका सामाग्री उपभोग गरेको देखिन्छ । यस्तो सानदार जीवन विताउने कलाकारको सूची लामै छ त्यस मध्य केटीपरी उत्कृष्टमा छिन् ।

 


केटी पेरी – केटी पेरी अमेरिकी गायिका हुन् । सन् १९८४ मा अमेरिकामा जन्मिएकी उनी गीतकार पनि हुन् । उनी ट्वीटरमा विश्वमै सबै भन्दा धेरै फलो गरिएकी सेलिबे्रटी हुन् । उनको वार्षिक कमाई ४ करोड अमेरिकी डलर अर्थात  ४ अर्ब नेपाली रुपैयाँ छ ।

 

 

प्रकाशित : ७ असार २०७२, सोमबार ०२:३२