मेगा बैंकले ल्यायो मेगा अफर : १३.२५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकले ल्यायो मेगा अफर : १३.२५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद



काठमाडौं  १२ फागुन। मेगा बैंकले चैत ३ गते छैठौं वार्षिक साधारण सभा आह्वान गर्दै लगानीकर्तालाई १३ दशमलव २५ प्रतिशत बोनस र उक्त बोनस पछि ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

आठ वटा विशेष प्रस्तावहरु सहित बैंकले साधारण सभाको आव्हान गरेको हो । मेगा बैंकले आफ्नो कारोबारलाई व्यापक बनाउने गरी प्रबन्ध पत्र तथा नियमावली संशोधन गरिने उल्लेख गरेको छ । त्यस्तै, त्यसै गरी आस्बा प्रणाली अबलम्बन गर्ने, धितोपत्र दलाल सम्बन्धि कार्य गर्ने, केन्द्रीय निक्षेप सेवा (डिपी) सञ्चाल गर्ने, मर्चेण्ट बैंक सञ्चालन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएर प्रबन्ध पत्रमा व्यवस्थित गर्ने भएको हो ।

बैंकले जीवन र निर्जीवन बीमा कम्पनी सञ्चालन गर्ने, मर्चेण्ट बैंक तथा सेयर दलाल लाईसेन्स लिने, स्वदेशी तथा विदेशी रणनितिक साझेदारी गर्ने लगायतका विशेष योजना सार्वजनिक गरेको छ । यस अघि नै मेगाले टुरिजम डेभलपमेण्ट बैंकलाई आफुमा गाभ्ने सम्झौता गरिसकेकोछ ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार ०५:०२