आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । यससँगै ग्राहकले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन् ।

आधुनिक बैंकिङलाई आत्मसात् गर्दै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको बैंकले ग्राहकलाई अनलाइनबाटै रेमिट्यान्स रकम भुक्तानी लिन सकिने व्यवस्था गरेको हो ।

यसअघि, शाइन रेसुंगाले आफ्नो मोबाइल बैंकिङ एपमा ईसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, आगामी दिनमा अन्य रेमिट्यान्स सेवा पनि एकीकृत गर्ने योजना बैंकले बनाएको छ । सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवाप्रदायक नेतृत्वदायी रेमिट्यान्स कम्पनी हो ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १६:३४