सुनको मुल्य घट्याे, कतिमा हुदैँछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्याे, कतिमा हुदैँछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मुल्य स्थिर रहदैं छापावाल सुनको मुल्य प्रतितोला एक् लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिलले दिन मुल्य स्थिर रहँदै चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 26 September, 2023 11:28 am