चार करोडको लगानीमा खुल्यो आईसीए ट्रेनिङ सेन्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चार करोडको लगानीमा खुल्यो आईसीए ट्रेनिङ सेन्टर



काठमाडौ १२ फागुन । काठमाडौंमा आधुनिक सुविधा सम्पन्न ट्रेनिङ सेन्टर खुलेको छ । कोटेश्वरको बालकुमारीमा चार करोड रुपैयाँको लगानीमा तारे होटल स्तरको आईसीए ट्रेनिङ सेन्टर संचालनमा आएको छ । उक्त सेन्टरले ग्राहकलाई थ्री स्टार होटल स्तरीय सुविधा न्युन शुल्कमा उपलब्ध जानकारी दिएको छ ।

कम्प्लेक्समा १५ देखि १ सय जनासम्म अटाउने ६ वटा हल छन् । सेन्टरका हरेक हलमा भिडियो कनफरेन्सिङ सुविधा छ । सेन्टरले कार्यक्रम गर्न चाहनेहरुलाई स्पेस प्रदान गर्नेछ । सेन्टर आफैंले सीटिईभिटी र लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न किसिमका तलीम समेत प्रदान गर्ने संचालक सुदीप कोइरालाले जानकारी दिए ।

तालिम केन्द्रमा ४५ जनालाई सेवा दिन सकिने इन्डोर र १ सय ५० जनालाई सेवा दिन सकिने आउट डोर रेस्टुराँ छ । सेन्टरमा १ सय ३५ जनालाई आवासीय सुविधा उपलब्ध गराउन सक्ने सिंगल र कमन बेड रुम छन् । आइसिए सेन्टरले अनलाइन र फिजिकल लाइव्रेरी समेत स्थापना गरेको छ । सो सेन्टरमा साउना, जिमलगायतका सुविधा रहेका छन् ।

ट्रेनिङ सेन्टरले विजनेस इन्कुभेसन सेन्टर समेत संचालन गरेको छ । नयाँ खालका बिजनेश आइडिया ल्याउनेलाई सेन्टरले १ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्ने कोइरालाले जानकारी दिए । ट्रेनिङ सेन्टरले ह्यान्डी म्यान सपोर्ट सर्भिसमार्फत घरघरमा आवश्यक १ सय २५ प्रकारका शीपयुक्त जनशक्तिसमेत उपलब्ध गराउने बताएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार ०९:२५