भाटभटेनीले साढे ७ करोड फिर्ता पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भाटभटेनीले साढे ७ करोड फिर्ता पाउने



काठमाडौं। भाटभटेनी सुपरमार्केटले मुद्दा पुनरावलोकनका क्रममा बैंक ग्यारेन्टीबापत राखेको साढे ७ करोड रुपैयाँ फिर्ता पाउने भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशकले मुल्य अभिवृद्धि कर (भ्याट) बापतको १८ करोड ५९ लाख तिर्न निर्णय गरेपछी भाटभटेनी ४ वर्षअघि राजस्व न्यायधिकरण गएको थियो ।

उसले यो निर्णय पुनरावलोकनका लागी निवेदन दिँदा राखेको ११ करोडमध्ये ७ करोड ५९ लाख रुपैयाँ बैंक ग्यारेन्टी फिर्ता गर्नुपर्ने फैसला न्यायधिकरणले गरेको हो । संचालक मीनबहादुर गुरुङ्ले अब उक्त रकम दाबी गर्ने जानकारी दिए ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०५:४९