शिवरात्रिमा टेलिकमको अफर, ७५ रुपैयाँमा २ सय एमबी डेटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शिवरात्रिमा टेलिकमको अफर, ७५ रुपैयाँमा २ सय एमबी डेटा



काठमाडाै १३ फागुन । नेपाल टेलिकमले नेपालीहरुको पवित्र चाड शिवरात्रीको अवसरमा पर्व अफर सार्वजनिक गरेको छ । यस अफरमा डेटा बण्डल प्याकेज अन्तर्गत रु. ७५ मा एकसय एमबी डेटा र बोनसको रुपमा १ सय एमबी नै यूट्यूब डेटा प्याक उपलब्ध हुने बताइएको छ ।

एकपटक लिइएको डेटा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । यस्तै, टेलिकमले रु.१५० मा २ सय एमबी डेटा र बोनसको रुपमा २ सय एमबीकै यूट्यूूब डेटा प्याकको अर्को स्कीम पनि ल्याएको छ । यी दुवै डेटा प्याकेज ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने बताइएको छ ।

टेलिकमका अनुसार यो सेवाका लागि निम्न लिखित प्रक्रिया अपनाउनुपर्नेछ :

-यो सेवा प्राप्त गर्ने तरिका : 100MB को लागि U100 र 200MBका लागि U200 Type गरी 1415 मा SMS गर्ने  ।

-यस्तै,Facebook Package अन्र्तगत रु. २२।६० मा ५ दिनको अवधिका लागि 100 MB फेशबुक प्याकेज पनि उपलब्ध गराएको छ । यो सेवा प्राप्त गर्ने तरिका: Facebook Typeगरी 1415 मा SMS गर्ने  ।

-यो Festival Offer  मिति २०७३।११।१३ देखी २०७३।११।२७ गतेसम्म लागू हुनेछ । उल्लिखित शुल्कहरु करसहितका हुन् ।

-यो Package 4G  सेवाग्राहीका लागि बढी आकर्षक हुने टेलिकमको अपेक्षा छ ।

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार ०५:१५