सनराइज बैंकको अगुवाइमा अन्नपूर्ण केवलकार निर्माण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकको अगुवाइमा अन्नपूर्ण केवलकार निर्माण



काठमाडौं १३ फागुन । अन्नुपूर्ण केवलकार निर्माणका लािग वित्तीय व्यवस्थापन भएको छ । पोखराको सारङकोटमा बन्न लागेको सो केवलकारमा सन्राइज बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

एक कार्यक्रमबीच उक्त वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कुल २ दकमलव ३ किलोमिटर लामो सो केवलकार व्यवसायी कालु गुरुङ र जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराले निर्माण गर्न लागेका हुन् ।
सो केवलकारको कुल निर्माण लागत ८९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ । सो मध्ये सनराइज र राष्ट्रिय वाणिज्य बैंकले ६६ करोड रुपैयाँ लगानी गर्न लागेका हुन् । उक्त आयोजना सम्पन्न भए पश्चात पोखराको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार ०६:३२