दुई नयाँ एमआई १७ हेलिकप्टरले उड्न थाले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दुई नयाँ एमआई १७ हेलिकप्टरले उड्न थाले



काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाका लागि खरिद गरेर ल्याइएको एमआई १७ हेलिकप्टरको पहिलो उडान सेवाको सोमबार शुभारम्भ गर्नुभएको छ । मन्त्रिपरिषद्को २०६९ फागुन १४ गतेको बैठकले नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाका लागि दुईवटा हेलिकप्टर खरिद गर्न स्वीकृति प्रदान गरेको थियो ।

army1

सेवा शुभारम्भको घोषणा गरेसँगै मन्त्रिपरिषद्का केही सदस्यका साथ प्रधानमन्त्री कोइराला भूकम्पपीडितलाई राहत सामग्री वितरणका लागि सोही हेलिकप्टर चढेर धादिङको झारलाङतर्फ लाग्नुभयो । नेपाली सेनाले ती दुवै अत्याधुनिक एमआइभी–५ हेलिकप्टर तीन अर्ब १८ करोड मूल्यमा रुसबाट गरिद गरेर ल्याएको हो ।

नेपाली सेनाको हवाई सुरक्षा महानिर्देशनालय मातहतमा सञ्चालनमा रहने ती हेलिकप्टर सैनिक तालिम, प्राकृतिक विपद्मा खोज, उद्धार तथा राहत वितरणलगायत देश र नागरिकको कल्याणका काममा प्रयोग हुने छन् । नेपाली सेनको हवाई क्षमता अभिवृद्धि गर्ने हेतुले ती हेलिकप्टर खरिद गरिएको नेपाली सेनाले जनाएको छ ।

दुवै हेलिकप्टरको कल साइन एनए ०५६ र ०५७ राखिएको छ । जेठ २६ गते काठमाडौं ल्याइपुर्‍याइएका ती दुवै हेलिकप्टरको नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले असार ४ गते परीक्षण उडान गरिसकेको जनाइएको छ । क्यामोफलाइज रङका सात हजार किलो तौलका ती हेलिकप्टरमा दुईवटा इन्जिन जडान गरिएको छ ।

विशिष्ट, कार्गो पाराजम्म र सामान ओसारपसारलगायत बहुआयामिक रुपमा प्रयोगमा ल्याउन सकिने ती हेलिकप्टरले छ हजार मिटरसम्मको उचाइमा सजिलैसँगै उडान भर्ने क्षमता राख्दछन् । चार हजार किलो तौल वा २६ जना यात्रुलाई सजिलै बोक्न सक्ने ती हेलिकप्टरबाट लामो कार्गोका सामान पनि एक स्थानबाट अर्को  स्थानमा पु¥याउन सकिनेछ ।

सामान्य अवस्थामा लगभग २५ वर्षको आयु रहने हेलिकप्टरलाई कम्पनीले एक वर्षसम्म निःशुल्क रुपमा मर्मतसम्भार गर्ने छ । नेपाली सेनासँग हाल साना ठूला तथा नयाँ पुराना गरी १७ वटा हेलिकप्टर र चारवटा हवाइजहाज छन् ।

तीमध्ये १४ वटा हवाई साधनले मात्र उडान भर्न सक्ने बताइएको छ । नेपाली सेनाले केही वर्षअघि तयार गरेको १० वर्षे दीर्घकालीन रणनीतिमा सङ्गठनलाई ३० वटा हवाई साधन आवश्यक पर्ने उल्लेख गरिएको छ ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०८:४०