बीमा संस्थानलाई संघीय संरचनाको ढाँचामा लैजान सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बीमा संस्थानलाई संघीय संरचनाको ढाँचामा लैजान सुझाव



काठमाडौं, फागुन १५ गते । उप तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई संस्थाको संगठनात्मक संरचनालाई संघीय संरचनाको ढाँचामा लैजान सुझाव दिनुभएको छ ।
बीमा संस्थान ५० औं वर्ष प्रवेशको अवसरमा संस्थान कार्यालय परिसरमा निर्माण गरिएको स्वर्ण जयन्तीस्मारक स्तम्भको आइतबार अनावरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारी स्वामित्वमा सञ्चिालित बीमा संस्थानले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका साथै विदेश जाने नेपालीहरूलाई समेत सेवा प्रदान गर्नुका साथै संकलित बचतलाई संगठित संस्थाहरूमार्फत मुलुकको आर्थिक विकासमा परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थानको व्यवसाय निजी क्षेत्रको तुलनामा अगाडि आउनुपर्ने भन्दै उहाँले वक्यौता लेखा परिक्षण यथाशक्य छिटो गर्न आग्रह गर्नुभयो । संस्थानको पूँजी योजनालाई बीमा समितिसँग नीतिगत सल्लाह गरेर अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।
मुलुकको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय बीमा संस्थान ५० औं वर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण जयन्तीस्मारक स्तम्भ निर्माण गरिएको हो ।
संस्थान सञ्चालक समितिका अध्यक्ष डा। खेमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रूपमा आफ्नो स्थान बनाउन सफल भएको बताउनुभयो । अझै पनि ठूलो संख्यामा नेपाली जनता बीमाको पहुँचभन्दा बाहिर रहेको भन्दै दक्षा जनशक्ति र नयाँ सूचना प्रविधिमार्फत देशका कुनाकुनामा बीमा सेवालाई विस्तार गरी देश र जनताको सेवामा समर्पित तथा उत्तरदायी हुन संस्थान कटिबद्घ रहेको उहाँले बताउनुभयो ।
संस्थानका प्रशासक अश्विनीकुमार ठाकुरले लेखा अद्यावधिक तथा लेखापरीक्षण गराइसकेको र यस कार्यलाई विज्ञ परामर्शदाताको सहयोगमा अभियानका साथ अगाडि बढाइएको जानकारी दिनुभयो । सरकारको उदार एवं खुला प्रतिष्पर्धात्मक अर्थ नीतिको भावना अनुकुल समयसापेक्ष कडा प्रतिष्पर्धात्मक बीमा बजारको चुनौतिहरूको सामना गर्दै प्रतिष्पर्धाको लहरमा आफुलाई उभ्याइसकेको भन्दै यसका लागि संस्थानले आफ्नो व्यवसायिकता, व्यवस्थापन र आर्थिक पक्षलाई भावी कार्यक्रम तथा लक्ष्य निर्धारण गरी क्रमिक रूपमा सुुधार गर्दै अगाडि बढेको उहाँले बताउनुभयो ।
संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रूपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तर रूपमा अगाडि बढाउने उहाँले बताउनुभयो । संस्थानको बक्यौता रहेको लेखापरीक्षण सम्पन्न गर्न संस्थान लागि परेको जानकारी दिंदै प्रशासक ठाकुरले विगत केही वर्षदेखि मौजुदा रहेको लेखापरीक्षण सम्बन्धी कार्यसम्पन्न गराउनेतर्फ संस्थान लागिरहेको बताउनुभयो ।
संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमांकीय मूल्यांकनलाई नियमित गर्ने जनाउँदै सन् २००७ देखिको बीमांकीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । बीमाङ्कनबाट बीमा व्यवसाय ९जीवन, निर्जीवन र पुनःबीमा०मा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ ।
संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पूँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा १५ अर्ब लगानी गरेको जनाएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७३, आईतवार १०:३१