नेप्से ४ अंकको वृद्धि, कारोबार रकम १८ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ४ अंकको वृद्धि, कारोबार रकम १८ करोड



काठमाडौँ । सोमबार  नेप्से परिसूचकमा ४  दशमलब ५०  अंकको वृद्धि भई ९ सय २२ अंकमा कारोबार बन्द भएको छ।   क बर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स  पनि  ० दशमलब ९९  अंकले बढेर १ सय ९७ दशमलब ४२  अंकमा बन्द भएको छ  ।

आज १ सय ३१  कम्पनीको १ हजार ४  सय ६४  कारोबारबाट ५  लाख १८  हजार ५  सय ८१  कित्ता शेयर खरिद बिक्रिबाट १८  करोड ९२  लाख १  हजार ४  सय ५१  बराबर रुपैंयाको कारोबार भएको छ । आज उपपरिसूचकहरुमा  सबै समूह बढेको छ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी नेपाल लाईफ़ इन्सुरेन्स लिमिटेडको १ करोड ९० लाख ५४  हजार  बराबर रुपैंयाको कारोबार भएको छ । एन एल जी  इन्सुरेन्स कम्पनीको सर्वाधिक ५  प्रतिसत ३७  प्रतिसतले मूल्य बढेको छ भने प्यासिफिक बिकाश बैंक  लिमिटेडको सर्वाधिक ७ प्रतिसतले मूल्य घटेको छ ।

प्रकाशित : ७ असार २०७२, सोमबार ११:१२