कच्चा तेलको उत्पादन ४५ वर्षकै उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कच्चा तेलको उत्पादन ४५ वर्षकै उच्च



काठमाडौँ।   अंतर्राष्ट्रीय बजारमा कच्चा तेलको मूल्य लगातार घटिरहेको छ । ग्रीसको  कर्जा संकटको बिषयमा रहेको अन्योलता र अमेरिकामा कच्चा तेलको उत्पादन उच्च स्तरमा पुगेकाले  उतार चढ़ाव  देखिएको हो ।
नाईमैक्समा  डब्ल्यूटीआई क्रूड ६० डलर प्रति ब्यारेल र ब्रेंट क्रूडको  मूल्य  ६३  डलर प्रति ब्यारेल भन्दा तल झरेको छ । प्राय बजारका लगानीकर्ताहरुको नजर  आज हुने  यूरोजोनको आपातकालीन बैठकमा रहेको  देखिन्छ । नाईमैक्समा  डब्ल्यूटीआई क्रूड ० दशमलब १०  प्रतिसतले घटेर  ५९ दशमलब ४०  डलर प्रति ब्यारेलमा कारोबार भएको छ ।  ब्रेंट क्रूड पनि ० दशमलब १०  प्रतिसतले घटेर ६३  डलर प्रति ब्यारेल पुगेको छ भने भारतको  एमसीएक्समा  पनि क्रूडको मूल्य ० दशमलब ३०  प्रतिसतले वृद्धि भई ३ हजार ८ सय २० भारतीय रुपियाँ पुगेको छ ।

ग्रीसका  प्रधानमन्त्रि  एलेक्सिस सिप्रासले अंतरराष्ट्रीय कर्जदाताहरुलाई आइतबार अर्थतन्त्र सुधारको लागि नँया मसौदा बुझाएको थियो । त्यही बिषयमा छलफलका लागि सोमवार यूरोजोनका वित्तीय मन्त्रीको  आपातकालीन बैठक बोलाईएको छ । ग्रीसले  अंतर्राष्ट्रीय मुद्रा कोष (आईएमएफ)लाई  १ दसमलव ६ अरब यूरो तिर्न बाँकि छ ।
अमेरिकामा कच्चा तेलको उत्पादन ४५ वर्ष कै उच्च बिन्दु ९६  लाख ब्यारेल प्रतिदिन पुगेको छ जसको  कारण ओवर सप्लाई हुने देखिएको विज्ञहरु बताउछन ।

प्रकाशित : ७ असार २०७२, सोमबार ११:१५