ग्रीसको आर्थिक संकटको समाधान खोज्न युरोपेली नेताहरु जुटने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्रीसको आर्थिक संकटको समाधान खोज्न युरोपेली नेताहरु जुटने



काठमाडौं। खराब ऋणका कारण संकटमा फसेको युरोपेली मुलुक ग्रीसका बारेमा छलफल गर्न सोमबार (आज) यूरोपेली मुलुकका नेताहरुको महत्वपूर्ण बैठक बस्दैछ ।

बैठकको ठीक अगाडी ग्रीस सरकारले दाताहरुसँग सम्झौताका लागि नयाँ योजना प्रस्ताव गरेको छ । दुबै पक्षलाई फाइदा पुग्ने प्रस्ताव पेश गरिएको दावी ग्रीस सरकारको छ । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले युरोपेली नेताहरुसँग प्रस्तावका बारेमा छलफल गरेका छन् ।

ग्रीसले यस महिनाको अन्त्यसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषको डेढ अर्ब डलरभन्दा बढी रकम भुक्तानी नगरे उ टाट पल्टन सक्ने र युरोजोनबाट बाहिर रहनुपर्ने अवस्था छ ।

यसैबीच फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलाण्डले ग्रीसलाई यूरोजोनमै राख्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

यता, राजधानी एथेन्समा भने खर्च कटौती प्रस्तावको विरोधमा लाखौं मानिस सडकमा भेला भएका छन् ।

ऋणदाता देश र संस्थाहरुले भने ठूलो आकारमा खर्च कटौती गर्दै आर्थिक सुधार गर्न ग्रीसलाई दबाब दिइरहेका छन् । ग्रीस सरकार भने दाताहरुको यस दबाब झेल्न नसक्ने भन्दै पन्छिरहेको छ ।-एजेन्सी

प्रकाशित : ७ असार २०७२, सोमबार ०९:२५