जनता बैंकले सिद्धार्थ विकास बैंक किन्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनता बैंकले सिद्धार्थ विकास बैंक किन्ने



काठमाडौँ १९ फागुन । जनता बैंकले सिद्धार्थ विकास बैंक खरिद (अक्वायर) गर्ने भएको छ।  बैंक खरिदको जानकारीसंगै सिद्धार्थको कारोबार समेत रोक्का गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ।

जनता बैंकको त्रिवेणी विकाससँगको मर्जर प्रकृयाका कारण यसअघि नै कारोबार रोकिएको थियो। सिदार्थ विकास बैंकको हाल एक अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। बैंकले पुस मसान्त सम्म १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। बैंकले ७२/७३ मा २४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो।

जनता बैंकको हाल दुई अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। बैंकले पुस मसान्तसम्म १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।    जनता ,  त्रिवेणी र सिद्धार्थ मिलेपछि नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी लगभग पुग्नेछ।

प्रकाशित : १९ फाल्गुन २०७३, बिहीबार ०७:१७