को को आउदैछन दाता सम्मेलनमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

को को आउदैछन दाता सम्मेलनमा ?



काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन यही असारमा १० गते आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तराष्ट्रिय दाता सम्मेलनमा आउने अधिकांश सहभागीको टुङगो लागेको छ । सम्मेलनमा चीन र भारतका विदेश मामिला मन्त्रीहरु क्रमशः वाङ वी र सुष्मा स्वराज सहभागी हुने निश्चित भएको सरकारले जनाएको छ ।


अर्थमन्त्रालयले दिएको जानकारी अनुसार बङगलादेशका अर्थमन्त्री अबुल माल अब्दुल महिथ र नर्वेका विकास मन्त्री हेक्की होलाम्स सहभागी हुने निश्चित भएको छ । त्यसैगरी, एसियाली विकास बैंकका अध्यक्ष विश्व बैंकका उपाध्यक्ष र जापानका राज्यमन्त्रीले सम्मेलनमा भाग लिने जनाइएको छ । त्यस्तै, युरोपेली सङघबाट उच्च अधिकारीले सम्मेलनमा सहभागिता जनाउनेछन ।

महाविपत्तिबाट भौतिक संरचनामा पुगेको क्षतिलाई पूर्ववत् अवस्थामा फर्काउन आङ्खनै साधन स्रोतले सम्भव नहुने भएपछि अन्तराष्ट्रिय दातृ निकायको सम्मेलन गर्नु परेको सरकारको भनाइ छ । सरकारले सम्मेलनको तयारीका लागि अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरेको छ । सम्मेलन तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

सरकारले निमन्त्रणा पठाएका द्धपक्षिय दातृ निकाय तथा मुलुकहरु अस्ट्रेलिया, अस्ट्रिया, बङगलादेश, बेल्जियम, भुटान, ब्राजील, चीन, डेनमार्क, संयुक्त अधिराज्य, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इजरायल, जापान, नर्वे, विकासका लागि साउदी कोष श्रृीलङका, स्वीडेन, स्वीजरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका, पोल्यान्ड, भारत, न्युजिल्यान्डले सोमबारसम्म आङ्खनो सहभागिता हुने निश्चित गरिसकेका छन् ।

त्यसैगरी, मलेसिया, कतार, अफगानिस्तान, क्यानाडा, चेक रिपब्लिक, इन्डोनेसिया, अरब आथिर्क विकासका लागि कुवेती कोष, लग्जम्बर्ग, माल्दिभ्स, पाकिस्तान, रुस, स्पेन, टर्की, युनाइटेड अरब इमिरेट्सलगायतका द्धपक्षिय मुलुकको सहभागिता भने केही दिनभित्रै निश्चित हुनेछ ।

युरोपेली सङघ, अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ), अन्तराष्ट्रिय आप्रवासन सङगठन, राष्ट्र सङघीय महिला सङगठन (युएन ओमन), राष्ट्र सङघीय विकास कोष (युएनडिपी), राष्ट्र सङघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङगठन (युनेस्को), राष्ट्र सङघीय जनसङख्या कोÈ (युएनएफपिए), शरण्ाँर्थीका राष्ट्र सङघीय उच्चायोग, राष्ट्र सङघीय बाल कोष, संयुक्त राष्ट्र सङघ, संयुक्त राष्ट्र सङघ बसोबास केन्द्र (युएन ह्याभिट्याट), विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ), विश्व बैंक, एसियाली विकास बैंक, विश्व खाद्य सङगठन (एफएओ) लगायत बहुपक्षिय निकायले सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङगो लगाइसकेका छन् ।

सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले मन्तव्यसहित उद्घाटन गरेपछि सहभागीहरुलाई भूकम्प अघि र पछिको नेपालका प्रमुख गन्तव्यस्थलको दृश्य समेटिएको वृत्तचित्र देखाइनेछ । सम्मेलनको उद्घाटनभन्दा कार्यसत्रलाई जोड दिइने र नेपालको तर्फबाट प्रस्ताव गरिने कार्ययोजना प्रस्तुत गर्दै दाताको सुझाव लिने प्रयास गरिनेछ । सरकारले सहभागी हुने अतिथिको बसोबास तथा सुरक्षाको पूर्ण प्रबन्ध भइसकेको जनाएको छ ।

त्यस्तै, विकासका लागि जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका), विकासका लागि अमेरिकी सहयोग नियोग (युएसआइडी), अन्तर्राष्ट«िय विकासका लागि कोरियाली सहयोग नियोग (कोइका), अन्तराष्ट्रिय रेडक्रसजस्ता एजेन्सीहरुले पनि सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङगो लगाइसकेका छन् ।

सम्मेलनमा सहभागी हुन सरकारले ३७ राष्ट्र र २३ बहुपक्षिय दातृ निकाय तथा प्रतिष्ठित व्यत्तिलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरेको थियो । सम्मेलनमा भाग लिन अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर, टाइटेनिक फिल्मका नायक लियो नार्दाे डिक्याप्रयो, हलिउडका चचिर्त बेलायती नायिका जोहना लुम्ले पनि आउने निश्चित भएको छ । एक दिने सो सम्मेलनमा नेपाल र विदेशका गरी ३०० जना सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।

भूकम्पबाट मुलुकका प्रमुख पर्यटकीय गन्तव्य र त्यसका भौतिक पूर्वाधार सुरक्षित रहेका सन्देश प्रवाह गर्नु पनि सम्मेलनको अर्को उद्देश्य हो । सम्मेलनका सहभागीलाई भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक संरचना, विश्वसम्पदा सूचीमा सूचीकृत मठमन्दिर, दरबार र प्रभावित केही जिल्लाको स्थलगत अवलोकन गराइने अर्थ मन्त्रालयले जनाएको छ ।

दातासामु प्रस्तुत गरिने विपद्पछिको आवश्यकता मूल्याङकन (पिडिएनए) प्रतिवेदन तयार भइसकेको छ । पुनःनिर्माणका लागि करिब ६ खर्ब ६६ अर्ब आवश्यकता पर्ने प्रतिवेदनमा उल्लेख छ । दाता निकायलाई विश्वास दिलाउन सरकारले आइतबार भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणसम्बन्धी अध्यादेश २०७२ पारित ग¥यो ।

प्रकाशित : ७ असार २०७२, सोमबार १२:३९