सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमानी उचाई बनाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमानी उचाई बनाउदै



काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा पुनः नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख २० हजार २०० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंसिर १३ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख १८ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा पाचँ रुपैयाँले बढेर १५ सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १५ सय ४० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : 3 December, 2023 12:19 pm