यतीले एकै पटक थप्यो चार वटा एटीएम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यतीले एकै पटक थप्यो चार वटा एटीएम



काठमाडाै २० फागुन । यती डेभलपमेण्ट बैंकले मुलुकका विभिन्न चार शहरमा एकै पटक एटीएम बुथ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आधुनिक र सरल बैकिङ्ग सुबिधा उपलब्ध गराउदैं लैजाने क्रममा सुनसरीको इटहरी, झापाको बिर्तामोड, धनुषाको ढल्केबर र मकवानपुरको पालुङ्गमा बिहीबारदेखि एटीएम सञ्चालन ल्याएको बैंकले जनाएको छ ।

बिस्तारित चार वटै एटीएमको बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले बिद्युतीय प्रणालीबाट केन्द्रीय कार्यालय दरबार मार्गमा उद्घाटन गरेका हुन् ।

मुलुकभर २५ वटा शाखाहरुबाट वित्तीय सेवा दिंदै आएको बैंकले एटीएम संख्या २४ पुर्याएको छ । यस अघि बैंकले नेपालक्लियरिङ्ग हाउस लिमिटेसंग समन्वय गरी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा समेत शुरु गरीसकेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : २० फाल्गुन २०७३, शुक्रबार ०८:४२