नगद र कर्मचारीको भेट नहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नगद र कर्मचारीको भेट नहोस्



काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले नगद र कर्मचारीको भेटघाट नहुने संयन्त्र आवश्यक रहेको बताएका छन ।भ्रष्टाचारको सन्दर्भ उठान गदैँ मन्त्री बस्नेतले भने- ‘भ्रष्टाचार न्यूनिकरण तथा अनियमितता नियन्त्रण गर्न नगद र कर्मचारीको भेट नहुने प्रविधि र संयन्त्रको आवश्यता छ । पारदर्शि सेवा प्रवाहमा नगद र कर्मचारीको भेट नहोस् ।’

उद्योग विभाग परिसरमा स्थापित ग्लोबल आईएमइको राजश्व संकलन केन्द्र एक्सटेन्सन काउण्टर उद्घाटन गदैँ उनलेे एकद्वार प्रणाली अन्तर्गत उद्योग विभागको परिसरमा राजश्व संकलन केन्द्र स्थापना भएको र यसबाट उद्योगी, व्यापारी तथा उद्यमी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।

बस्नेतले भूकम्प पछिको टुटेको मनोविज्ञानलाई जोड्दैँ पुननिर्माण तर्फ लाग्न उद्योग, व्यवसायी तथा सबै नेपालीलाई आहृवान गरे । यसअघि उद्योगमन्त्रालयको अगामी बर्षको बजेट ५ अर्ब २० करोड तोकिएको तर भूकम्प पश्चात पुनर्निमाणमा खर्च छुट्टाउनुपर्ने भएकाले हाल ४ अर्ब ८० करोड बजेट उद्योगमन्त्रालयलाई छुट्टाइएको उनले जानकारी दिए ।

अन्तराष्ट्रिय लगानी भित्र्याउनका लागि लगानी कर्ताको अन्तराष्ट्रिय सम्मेलन गर्ने सोच उनले रहेको बताए ।

उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले एकद्वार सेवा अन्तर्गत उद्योगी व्यवसायीलाई चाििहने सबै सेवा एकै थलोमा दिने योजना अन्तर्गत ग्लोबल आईएमइ सहयोगमा उद्योग विभागको परिसरमा राजश्व संकलन केन्द्र एक्सटेन्सन काउण्टर स्थापना गरिएको जानकारी दिए । उनले विभागको परिसरमै राजश्व, कर, मालपोत, सञ्चार लागतयका इकाई सञ्चालन गर्ने योजना रहेको बताए ।

महानिर्देशक न्यौपानेले उद्योग विभाग अन्तर्गत रहेका सबै इकाईलाई राजश्व संकलन केन्द्र एक्सटेन्सन काउण्टर उपयोग गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा ग्लोबल आईएमइका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आईएमइले उद्योग विभागको परिसरबाट उद्योगि तथा व्यवसायीलाई सेवा प्रदान गर्ने अवसर आईएमइले पाएकोमा अभार व्यक्त गरे ।

ढकालले ग्लोबल आईएमइको देशभर रहेका ८० भन्दा बढी शाखाहरुबाट सर्वसाधारणलाई सेवा प्रदान गदैँ आएको उल्लेख गदैँ सरकारी संयन्त्रसँग यसरी काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

यसअघि ग्लोबल आइएमई बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, यातायात कार्यालय (बीरगञ्ज, पोखरा, इटहरी) र अध्यागमन बिभाग लगायतका सरकारी कार्यालयहरुको एक्सटेन्सन काउण्टर मार्फत राजश्व संकलन सेवा प्रदान गर्दे आएको छ ।
हाल बैंकले आफ्ना ८५ शाखा, ९० एटिएम, ३५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दे आएको छ । यस्तै बैंकले उद्योग बिभाग परिसरमा रहेका अन्य सरकारी कार्यालयहरुसंग पनि सहकार्य गरी निकट भविष्यमा राजश्व संकलन सेवा प्रदान गर्ने ढकालले जानकारी दिए ।

प्रकाशित : ७ असार २०७२, सोमबार ११:४५