राष्ट्र बैंकले गत बर्षको नाफाबाट सरकारलाई दियो २५ अर्ब रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले गत बर्षको नाफाबाट सरकारलाई दियो २५ अर्ब रुपैयाँ



काठमाडौं। नेपाल राष्ट्र बैंकले गत बर्षको नाफाबाट सरकारलाई २५ अर्ब रुपैयाँ उपलब्ध गराएको छ। सञ्चालक समितिले बार्षिक प्रतिवेदन पारित गर्दै गत बर्षको नाफाबाट सरकारलाई नगद उपलब्ध गराउने निर्णय गरेको थियो।

राष्ट्र बैंकको खुद सञ्चालन आम्दानी ८६‍.५७ प्रतिशतले बढेको छ। उसले कुल ६६ अर्ब ९२ करोड ७१ लाख ३३ हजार रुपैयाँ कमाइ गरेको छ।

खुद सञ्चालन आयमा खुद ब्याज आम्दानीको हिस्सा ९३.४९ प्रतिशत छ भने विदेशी विनिमय खरिद बिक्रीबाट ३.६३ प्रतिशत आम्दानी गरेको छ। यसबाहेक अन्य आम्दानी २.८८ प्रतिशत छ।

राष्ट्र बैंकको खुद ब्याज आम्दानी नै ८६.०९ प्रतिशतले बढेको छ। उसले कुल ६२ अर्ब ५७ करोड २५ लाख ४८ हजार आम्दानी गरेको छ। विदेशी विनिमयबाट २ अर्ब ४३ करोड २६ लाख र अन्यबाट १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ कमाएको छ।

राष्ट्र बैंकले विदेशी विनिमय तथा अन्य सम्पति पुनर्मूल्यांकन लाभर हानी समायोजनअघिको खुद आम्दानी नै ११३ प्रतिशतले बढेको छ। खुद आम्दानी ६० अर्ब ४८ करोड २४ लाख रुपैयाँ छ। यस्तो कमाइ अघिल्लो वर्ष २८ अर्ब ४२ करोड ७ लाख रुपैयाँ थियो।

प्रकाशित : 5 December, 2023 5:38 pm