वहुराष्ट्रिय कम्पनी ग्रीनलामको नयाँ उत्पादन बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वहुराष्ट्रिय कम्पनी ग्रीनलामको नयाँ उत्पादन बजारमा



काठमाडौं । विगत वीस बर्ष यता बाट नेपालमा फर्निचरजन्य सामग्रीको व्यापारमा लागिपरेको ग्रीनलाम इन्डस्ट्रिज लिमिटेडले नेपाल लक्षित अन्य उत्पादनको वजारीकरण लाई तिव्र पारेको छ । बुधवार राजधानीको एक तारे होटलमा कार्यक्रम गरी लिमिटेडले आफ्ना नयाँ उत्पादित सामाग्रीका बारेमा जानकारी दिएको हो ।

भारतको नयाँ दिल्लीमा उत्पादित सामग्री विश्वका एकशय भन्दा बढी देशमा निर्यात हुने गरेको कम्पनीका सहायक महाप्रवन्धक मनीष कश्यपले जानकारी दिए । कम्पनीका उपाध्यक्ष लोकेश दत्त, प्रमुख कार्यकारी अधिकृत सौरभ मित्तलले नेपालका आधिकारिक विक्रेता हरुलाई सम्मान गर्दै नेपालमा आफुहरुको ध्यान अझ वढी केन्द्रित हुने धारणा राखे ।

सो कार्यक्रममा व्यापारिक घरानामा कहलिएका तीन सय बढीको उपस्थिति रहको थियो । उक्त कम्पनीले पछिल्ला दिनमा अमेरिका , वेलायत सिंगापुरमा कार्यालय संचालन गरी व्यापारीकरण गरिरहेको जानकारी समेत गराइएको थियो ।

प्रकाशित : २० फाल्गुन २०७३, शुक्रबार ११:०४